दफा २६
पदबाट हटाउन सकिने
(१) उपकुलपति तथा कुल सचिवलेआफ्नो पद अनुरुपको जिम्मेवारीपूरा नगरेको,इमान्दारीपूर्वक काम नगरेको वा निजले पद अनुकुलको आचरण नगरेको भनी सभामा तत्काल कायम रहेकाएक चौथाई सदस्यहरुले निजलाई पदबाट हटाउन कुलपति समक्ष िलखित निवेदन दिएमा कुलपतिले सभाको
कुनै सदस्यको अध्यक्षतामा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुदान आयोगको सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित छानबिन समितिले सो सम्बन्धमा आवश्यक छानबिन गरी तीस दिनभित्र आफ्नो प्रतिवेदन कुलपति समक्ष पेश गर्नु पर्नेछ ।
(३)उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि कुलपतिले सो प्रतिवेदन सभा समक्ष पेश गर्नेछ ।
(४) उपदफा (३) बमोजिम पेश भएको प्रतिवेदन उपर छलफल हुँदा सभाको बैठकले उपकुलपति वा कुल सचिवलाइ पदबाट हटाउने निर्णय गरेमा कुलपतिले
उपकुलपति वा कुल सचिवलाईपदबाट हटाउनेछ ।(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपकुलपति वा कुल सचिवलाइ पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ । (६) उपकुलपति र कुल सचिवबाहेक विश्वविद्यालयका अन्य पदाधिकारीलाई उपदफा (१) बमोजिमको आरोपमा छानबिन गर्दा वा पदबाट हटाउ“दा अपनाउनु पर्ने प्रक्रिया तोकिए बमोजिम हुनेछ ।
(७) यस दफा बमोजिम कुनै पदाधिकारी उपर छानबिन गर्न छानबिन समिति गठन भएपछि त्यसको अन्तिम निर्णय नभएसम्मको लागि त्यस्तो पदाधिकारी स्वतः निलम्बन हुनेछ ।(८) उपदफा (७) बमोजिमउपकुलपति निलम्बन भएमा कुल सचिवले र कुल सचिव निलम्बन भएमा कुलपतिले तोकेको विश्वविद्यालयको कुनै पदाधिकारीले
निलम्बन भएको अवधिभर निजको काम गर्नेछ ।